Comments Add Comment

जाजरकोटमा कांग्रेसले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार टुङ्गो लगायो

६ असोज, जाजरकोट । कांग्रेसले जाजरकोटमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुङगो लगाएको छ ।

आगामी मंसिरमा हुने चुनावका लागि जिल्लाबाट उम्मेदवारहरुको टुङ्गो लगाइएको कांग्रेसले जानकारी दिएको छ ।

सदरमुकाम खलंगामा बसेको नेपाली कांग्रेसको बैठकले प्रतिनिधिसभाका लागि यस अघिको क्षेत्र नं. २ का सांसद राजिवविक्रम शाहलाई उम्मेदवार चयन गरको हो ।

त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नं. १ मा पूर्व क्षेत्रीय सभापति बेदराज सिंह र क्षेत्र नं. २ बाट पार्टी सभापति दीपकजंग शाहलाई उम्मेदवार बनाउने नेपाली कांग्रेस जाजरकोटले जनाएको छ ।

यस अघि २ वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा यसपटक प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुईवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

नरेश रानामगरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment