Comments Add Comment

पूर्वप्रेमी जोनलाई विपाशाले के भनिन् यस्तो ?

एक समय बलिउड अभिनेत्री बिपाशा बसु अभिनेता जोन अब्राहमको प्रेममा चुर्लुम्म डुबेकी थिइन् । तर उनले बिहे चाहिँ करण सिंह ग्रोवरसँग गरिन् ।

पि्रया रुचाल (अहिले जोनकी पत्नी) सँग हिमचिम बढेपछि जोनले विपाशालाई धोका दिएका थिए । विपाशाले त्यो धोकालाई अहिलेसम्म भुलेकी रहिनछिन् । हालै एक अन्तरवार्तामा उनले आपत्तिजनक शब्द प्रयोग गर्दै जोनलाई गाली गरेकी छिन् ।

हिन्दुस्तान टाइम्ससँगको अन्तरवार्तामा विपाशालाई सोधिएको थियो कि आफ्नो ‘एक्स’ सँग मित्रता कायम राख्न लागि सम्भव छ कि छैन । जवाफमा विपाशाले भनिन्, ‘यदि कसैको एक्स ब्वाइफ्रेण्ड जस्तो छ भने मित्रता राख्ने सवालै उठ्दैन ।’ उनले जोनको नाम भने लिइनन् ।

जोन र बिपाशाको रिलेसन १० वर्षसम्म चलदेको थियो । उनीहरुले आफ्नो प्रेमलाई गुपचुप नराखेर खुलेआम प्रदर्शन गरेका थिए । उनीहरुबिचको ब्रेकअपलाई अत्यन्त आश्चर्यजनक मानिन्छ ।

त्यसो त जोनभन्दा अगाडि बिपाशाको अफेयर डिनो मोरियासँग पनि थियो । उनीसँग भने अहिले पनि मित्रता यथावत रहेको बिपाशा बताउँछिन् । बिपाशाको बिहेमा पनि डिनो पुगेका थिए । तर, जोनलाई भने बिपाशाले निम्तो गरिनन् । जोनको बिहेमा पनि विपाशा पुगिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment