Comments Add Comment

सन्नी देवलको गुनासोः ठूला हिरोइनले बाल दिएनन्

सन्नी देवल बलिउडका एकताका सफल अभिनेता मानिन्छन् । उनका साख्खै भाई बबि देवल पनि बलिउडमा आए तर दाईको हाराहारीमा पुग्न सकेनन् ।

अहिले सन्नी र बबिले अभिनय गरेको फिल्म ‘पोष्टर ब्वाई’ रिलिज भएको छ । चार वर्षयता बबिको यो पहिलो फिल्म हो । यो फिल्मले उनको करिअरलाई नयाँ गति देला कि नदेला केही दिनमै तय हुनेछ । यद्यपि सुरुवाती प्रतिक्रियाले बबिलाई हौसला मिलेको छ ।

बबिले एउटा अन्तरवार्तामा भनेका थिए कि उनी विगत १० वर्षदेखि काम माग्दै निर्माताहरुको घर चहारिरहेका थिए, तर कुनै निर्माताले उनलाई पत्याएनन् । यही भएर उनी डिप्रेसनमा परेका थिए ।

हालै एउटा अन्तरवार्तामा सन्नी देवललाई उनको भाईको विषयमा सोधिएको थियो । यो प्रश्नले सन्नीलाई भावुक मात्र बनाएन उनले आँशु नै झारे ।

अन्तरवार्तामा सन्नीले आफ्नो परिवार र करिअरका विषयमा थुप्रै खुलासा गरे । पछिल्लो १० वर्षदेखि भाईले काम नपाएको विषयमा उनले भने, ‘हाम्रो परिवार धेरै बलियो छ र हामी सबै एक-अर्काको साथमा छौं । जब कसैलाई समस्या पर्छ सबैजनाले उसलाई सहयोग गर्छौं ।’

बबि अन्तिमपटक २०१३ मा आएको फिल्म ‘सिंह साहब द ग्रेट’ मा देखिएका थिए । तर त्यो फिल्ममा पनि उनको केमियो रोल मात्र थियो ।

मलाई ठूला हिरोइनले हेपे

अन्तरवार्तामा सन्नीले बलिउडका टप हिरोइनहरुको विषयमा गुनासो पोखेका छन् ।

उनी भन्छन्, ‘मैले धेरै वटा ठूला बजेटका फिल्महरुमा काम गरेँ, तर ती फिल्ममा प्रायजसो लो प्रोफाइलका हिरोइन मात्र थिए ।’

सन्नीका अनुसार उनले ‘घायत’ फिल्मका लागि श्रीदेवीलाई एप्रोच गरेका थिए । तर श्रीदेवीले ठाडै नकारिन् । यसैगरी अर्को एउटा फिल्मको प्रस्ताव बोकेर ऐश्वर्या रायकहाँ पुगेका थिए । तर, ऐश्वर्याले पनि उनलाई बाल दिइनन् ।

‘ती हिरोइनहरुलाई लागेको हुन सक्छ कि मैले खेल्ने फिल्म पुरुषप्रधान हुनेछ र उनीहरुको बलियो भूमिका हुनेछैन ।’

सन्नीले आफ्नो छोरा करण देवललाई पनि बलिउडमा लन्च गर्दैछन् । आफ्नै होम प्रोडक्सन फिल्मबाट उनले छोराको डेब्यू गर्न लागेका हुन् । हेरौं करणको करिअर कत्तिको सफल हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment