Comments Add Comment

‘लम्फू’ रिलिज नहुँदै ‘पहिचान’ खोज्दै मरिष्का


चलचित्र ‘के म तिम्रो होइन र चपली हाइट २’ रिलिज भएपछि मरिष्का पोख्रेल म्यूजिक भिडियोकी मोडलबाट नायिका बनिन् । नायिका बनेकी मरिष्काको उपस्थिती चलचित्र बजारमा त्यस्तो दमदार भने छैन । मरिष्कालाइ लिएर मिडियादेखि दर्शकमा त्यस्तो हाइप छैन, जस्तो हाइप अन्य केही नायिकामा छ ।

तर, पनि मरिष्कालाइ खाली भने बस्नु परेको छैन । चलचित्र ‘लम्फू’मा उनले काम गरिसकेकी छिन् । तर, यो चलचित्र कहिले रिलिज हुने पक्का छैन । यो चलचित्रले मरिष्कालाइ चलचित्र बजारमा अझ परिचित गराउने पक्का थियो । यो चलचित्र रिलिज नहुँदै मरिष्का अब नयाँ चलचित्रमा अनुवन्धित भएकी छिन् ।

उनले नायक आकाश श्रेष्ठको साथमा चलचित्र ‘पहिचान’मा काम गर्ने पक्का भएको छ । तिहारपछि छायांकन सुरु हुने यो चलचित्रलाइ वदि्रकृष्ण श्रेष्ठले लेखन तथा निर्देशन गर्दैछन् । यो चलचित्रमा रोमान्स, प्रेम, कमेडी र एक्सनको मिश्रण गराइने निर्देशकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment