Comments Add Comment

ललितपुरमा चुनाव हाँक्न एमालेले तोक्यो कमाण्डर

६ असोज, ललितपुर । नेकपा एमाले जिल्ला कमिटी ललितपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी अघि बढाएको छ ।

बिहीबार पार्टी जिल्ला कमिटीको वैठक बसी प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनको तयारीका लागि समन्वय कमिटीका संयोजकहरु तोक्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कमिटिको निर्देशनअनुसार प्रतिनिधिसभा र प्रदेशसभाका समन्वय कमिटीको लागि संयोजक तोकिएको अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले बताए ।

बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को संयोजकमा श्यामकृष्ण सिलवाल तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा १ मा अमृतनाथ तिमल्सिना र २ मा चरसुन्दर महर्जनलाई संयोजक तोकेको छ ।

क्षेत्र नं २ को संयोजकमा चिरञ्जिवी आचार्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा १ मा केदार केसी र २ मा निरकेशरी श्रेष्ठलाई संयोजक तोकिएको छ ।

क्षेत्र नं ३ को संयोजकमा दामोदर खड्का तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा १ मा राजेन्द्र श्रेष्ठ र २ मा मधुकर तुलाधरलाई तोकिएको जिल्ला कमिटीका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment