Comments Add Comment

राजपाको विजय जुलुस निस्कँदै गर्दा अर्कैलाई उपमेयर घोषणा गरेपछि …

६ असोज, महोत्तरी । बलवा नगरपालिकाको मेयरमा हारेपनि उपमेयर जितेपछि राष्ट्रिय जनता पार्टी नेपालले विजय जुलुस निकाल्यो ।

उपमेयरमा विजयी रीतादेवी झासहित जुलस गाउँगाउँ पुग्दै थियो । तर, निर्वाचन अधिकृतले नयाँ खबर पठाए, ‘कम्प्युटरले गडबडी गर्‍यो । उपमेयरमा पनि कांग्रेसले नै जितेको रहेछ ।’

उपमेयरमा २०० मतले कांग्रेस नै विजयी भएको भनेपछि अहिले विवाद भइरहेको छ । यसअघि उपमेयरमा राजपाकी झाले २८३८ मत र कांग्रेकी रामदुलारी देवीले २७२७ मत पाएको भनिएको थियो ।

राजपा नेता जयनुल रायन भन्छन्, ‘विजय जुलुस गरिहेका थियौं । अहिले आएर कांग्रेसकै विजयी भनेपछि विवाद भइरहेको छ ।’

मेयरमा पनि ६ नम्बर वडाको मत गणनाका क्रममा ४८ मत गायव पारिएको राजपाको दाबी छ । आफूहरुले पुनः मतगणना गर्नु पर्ने भनेको भएपनि समग्रमा १४७ मतले पछि परेपछि माग छाडेको तर, अहिले उपमेयरको पनि उल्टाउन खोजेको भन्दै रायनले भने, ‘यो हामी मान्ने पक्षमा छैनौं ।’

बलवाको अवस्था अहिले पनि तनावपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment