Comments Add Comment

सरकारको स्पष्टीकरणः विरामीको मृत्युमा डाक्टरबाट क्षतिपूर्ति भराउने निर्णय भएको छैन

६ असोज, काठमाडौं । सरकारले उपचारका क्रममा विरामीको मृत्यु भएमा सम्वन्धित डाक्टरबाटै क्षतिपूर्ति भराउने निर्णय नभएको स्पष्टीकरण दिएको छ ।

सोमबार मन्त्रिपरिषदको बैठकपछि सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले उपचारका क्रममा चिकित्सकको लापरवाहीको कारणले मृत्यु हुने गरेको भन्दै पीडितहरुको क्षतिपूर्ति सम्बन्धित चिकित्सकहरुबाटै भराउने उद्देश्यले आवश्यक विधेयक निर्माण गर्ने निर्णय भएको बताएका थिए ।

यसको विरोध गर्दै देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको आहृवानमा देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा ठप्प भएको छ ।

चौतर्फी विरोधपछि मन्त्रिपरिषदको कार्यालयले सरकारको निर्णय सार्वजनिक गरेको छ । जसमा ‘चिकित्सकको चरम लापरवाहीका कारण विरामीको मृत्यु वा अंगभंग भमा घटनाको स्वतन्त्र अनुसन्धान, पेशागत वा व्यवसायिक विमा र क्षतिपूर्ति लगायतका आवश्यक विषयहरुमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने’ भनिएको छ ।

हेर्नुस् सरकारले जारी गरेको विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment