Comments Add Comment

‘बाबु कान्छा’ गीत रिलिज, करिश्मालाइ ‘चन्द्रमा’सँग तुलना गर्दै सलोन


चलचित्र ‘बाबु कान्छा’मा समावेश ‘चन्द्रमा झै राम्री’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । चलचित्रको ओएसटीको रुपमा प्रस्तुत गरिएको यो गीत ‘कर्णविर’ चलचित्रमा समावेश गीतको रिमिक्स भर्सन हो ।

चलचित्र ‘कर्णविर’लाइ पनि निर्देशक शोभित बस्नेतले निर्देशन गरेका थिए । यसैले, उनले यो हिट गीतलाइ आफू निर्देशित नयाँ चलचित्र ‘बाबु कान्छा’मा समावेश गरेका छन् ।

यो गीत आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो भिडियोमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत र करिश्मा श्रेष्ठलाइ फिचरिङ गरिएको छ । क्लब डान्सको रुपमा प्रस्तुत गरिएको भिडियोलाइ शोभितले नयाँ पुस्तालाइ मनपर्ने शैलीमा तयार पारेका छन् ।

शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा गौतम राज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, शोभित बस्नेत, रामजी लामिछाने र दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन छ । रवि अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन् ।

चलचित्रमा सलोन र करिश्माको अलवा ऋतिक शाही, सरोज खनाल, निर शाह, सम्राटा थापाको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment