Comments Add Comment

नेपालका याम धिताललार्इ अष्ट्रेलियामा वर्ष विद्यार्थी अन्तर्राष्ट्रिय सम्मान

२२ सेप्टेम्बर, सिड्नी । ७ सेप्टेम्बर, सिड्नी । अष्ट्रेलियामा अध्ययन गर्दै अएका नेपालका याम धिताललार्इ अस्ट्रेलियाको न्यू साउथ वेल्स सरकारले वर्ष व्यक्ति पुरस्कारद्वारा सम्मान गरेको छ ।

न्यू साउथ वेल्स सरकारले यो वर्षको अन्तर्रास्ट्रिय विद्यार्थी पुरस्कारका लागि अन्तिम सूची यस अघि नै प्रकाशित गरेको थियो । सोही अनुसार शुक्रबार यहाँको सरकारी भवनमा एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

जम्मा एक दर्जन विद्यार्थी र आधा दर्जन सँस्थाहरु अन्तिम सूचिमा रहेका थिए । यस अघि यहाँका आधारभूत उद्योग, क्षेत्रीय जल र ब्यापार तथा उद्योगमन्त्री निल ब्ल्यरले सूचिको घोषणा गरेका थिए ।

यो वर्ष अन्तिम सूचिमा परेका १८ विद्यार्थी तथा सँस्थाहरुमा एक जना मात्र नेपाली विद्यार्थी धिताल परेका थिए ।

सम्मानित भएका धितालले गत वर्ष सिड्नीको पश्चिमी भित्री सब अर्ब अस्फ्रिल्डमा आगलागीको चपेटामा परेको एक परिवारलाई सहयोग गरी उनीहरुका नाबालक छोराको ज्यान बचाएका थिए ।

उनले आगलागीमा परेको परिवारलाई बचाउन तत्काल प्रहरीलाई खबर गर्नुका साथै प्रहरी आउनु अघिनै दुईतला माथिबाट सुरक्षित रुपमा नाबालकलाई जमिनमा ल्याई पुर्‍याएका थिए ।

उनी अहिले यहाँको स्थानीय शिक्षालयमा अन्तर्रास्ट्रिय विद्यार्थीका रुपमा अध्ययनरत छन् । अन्तिम सूचिमा परेका धेरै जसो चीन, नेपाल ,भिएतनाम , इन्डोनेसिया , जापान , हङकङ, पूर्वी टिमोर लगायत एसियाली मुलुकका विद्यार्थिहरू थिए । यी देशहरूसँगै इजिप्ट र तान्जानिया लगायतका देशबाट पनि प्रतिनिधित्व भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment