Comments Add Comment

दशैं सपिङः यी हुन् नेपालमा २० हजारमा किन्न सकिने उत्कृष्ट स्मार्टफोन

कुन-कुन अाए नयाँ फोन ?


६ भदौ, काठमाडौं । धेरैलाई दशैंको समयमा नयाँ मोबाइल किन्ने चाहना हुन्छ । वर्षभरि कमाएको रकमबाट केही जोगाड गरेर राम्रै फोन किनौं भन्ने योजना बनाएकाहरुका लागि उचित समय हो, दशैं ।

त्यसैले यतिबेला मोबाइल पसलहरुमा ग्राहकको घुइँचो छ । नेपालमा पछिल्लो समयमा मध्यमस्तरका स्मार्टफोनमा धेरैको ध्यान छ ।

विशेष गरी २०देखि ३० हजार रुपैयाँ रेञ्जका फोनहरुलाई धेरै उपभोक्ताले आफ्नो रोजाइ बनाएका छन् । सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापित पनि पछिल्लो समयमा मिडल रेञ्जको फोनले नेपाली बजारमा राम्रो प्रदर्शन गरिरहेको बताउँछन् ।

नेपालको सन्दर्भमा स्मार्टफोन मार्केटमा ‘फास्टेष्ट ग्रोइङ’ सेगमेन्ट मिड रेन्ज नै हो । यो रेञ्जको स्मार्टफोनमा धेरैको ध्यान छ । यो सेगमेन्ट ‘र्‍यापीडली ग्रो’ भइरहेको छ ।

बजारमा जुन सेगमेन्टलाई बढी रुचाइएको छ, त्यसमा आफ्नो उपस्थिति बलियो बनाउन कम्पनीले विभिन्न नयाँ फोन पनि दशैंको अवसरमै ल्याएका छन् ।

बजार हिस्सालाई बढाउन पनि कम्पनीहरुले नयाँ मिड रेञ्जका नयाँ फोन ल्याउने क्रम तीव्र बनाएका हुन् । यही सेगमेन्टमा मास कस्टमर छन् यो सेगमेन्टको वृद्धिदर पनि उत्साहजनक छ ।

दशैंलाई लक्षित गरेर बजारमा कस्ता नयाँ फोन आए त ? अनि मिड सेगमेन्टमा नेपालमा उत्कृष्ट स्मार्टफोनहरु कुन-कुन हुन् त ? यहाँ संक्षिप्त चर्चा गरिएको छ

सामसुङ

सामुसुङले प्रिमियम फोन ग्यालेक्सी नोट-८ बाहेक हालसालै ३ वटा नयाँ  मिडरेन्जका स्मार्टफोन बजारमा ल्याएको छ । यसमध्ये ग्यालेक्सी जे७-म्याक्स मोबाइल बहुप्रतिक्षित थियो । फिङ्गर प्रिन्ट सेन्सर, फेस रिकग्निसन, ४ जिबी र्‍याम तथा ३२ जिबी मेमोरी तथा अन्य उत्कृष्ट विशेषता छन् ।

एस बाइक मोड, एस सेक्योर, एस पावर प्लानिङ, स्मार्ट ग्लो र एडप्टिभ वाइफाई लगायत सुविधाहरु पनि छन् ।

यसमा  १३ एमपीको फ्रन्ट क्यामरा र फ्ल्यास रहेको छ, जसमा एफ १.९ को लेन्स लगाइएको छ भने ब्याक क्यामरा मा एफ १.७ लेन्सको साथै फ्ल्यास पनि छ । १.६ गिगाहर्ज ओक्टाकोर प्रोशेसरसहितको यो फोनको मूल्य २८ हजार २९० रुपैयाँ छ ।

सामुसुङका २०देखि३० हजार मूल्यका फोन र मूल्य

स्मार्टफोन मूल्य (रुपैयाँमा )
ग्यालेक्सी जे-७ नेक्स्ट (न्यू) १९,९९०
ग्यालेक्सी जे-७ २१,९९०
ग्यालेक्सी जे-म्याक्स २१,९९०
ग्यालेक्सी जे-५ प्राइम २२,४९० (३२ जीबी)
ग्यालेक्सी जे-५ ‘६’ २३,४००
ग्यालेक्सी जे-७ प्राइम २५,४९०
ग्यालेक्सी जे-७ ‘६’ २६,४९०
ग्यालेक्सी जे-७ म्याक्स (न्यू) २८,२९०


ओपो

ओपोले नेपाली बजारमा ल्याएको नयाँ स्मार्टफोन ए-७१ । यो फोनमा ओक्टा-कोर सीपीयू ३ जीबी र्‍यामसहित ३ हजार एमएएच ब्याट्री छ ।

१६ जीबी आन्तरिक सञ्चय क्षमता, २ सय ५६ जीबी सम्म बढाउन सकिने मेमोरी, ५ दशमलव २ ईञ्चको स्क्रीन, ५ मेगापिक्सेल क्षमताको सेल्फी क्यमोरा, १३ मेगापिक्सेल क्षमताको रियर क्यामेरा, लगायतका फिचर्सले यो सुसज्जित छ ।

यो फोनको मूल्य कम्पनीले रु. २१ हजार ९ सय ९० निर्धारण गरेको छ ।

अोपोका २०देखि३० हजार मूल्यका फोन र मूल्य

स्मार्टफोन मूल्य (रुपैयाँमा )
ओपो ए-७१ (न्यू) २१,९००
ओपो ए-५७ २६,५९०


जेटीई


जेटीईका पनि विभिन्न मिड रेञ्जाका फोनहरु बजारमा उपलब्ध छन् । हामीले चर्चा गरिरहेको २० देखि ३० हजारका रेञ्जमा पनि जेटीईका ३ वटा स्मार्टफोन छन् ।

ए ६१० प्लस, एक्सोन मिनी, एस-७ मोडल बजारमा थोरै रकम खर्चेर पनि किन्न सकिने स्तरीय फोन हुन् ।

जेटीइका २०देखि३० हजार मूल्यका फोन र मूल्य

स्मार्टफोन मूल्य (रुपैयाँमा )
ए६१० प्लस २३,९००
एक्सोन मिनी २५,९००
एस-७ २६,५००


साओमी

 


रेडमी ४ एक्स साओमीको नयाँ स्मार्टफेन हो । यसमा ५ इन्चको एलसीडी डिस्प्ले, मेटल बडी, ३ जिबी र्‍याम, ३२ जिबी रोम, ४१ सय एमएएच ब्याट्री लगायत विशेषता छन् ।

त्यस्तै १३ मेगापिक्सल रेयर क्यामेरा, ५ मेगापिक्सल फ्रन्ट क्यामेरा, एन्ड्रोइड ६.०.१ मार्समलो लगायतका फिचर्स पनि यसमा छ ।

कम्पनीले केही दिनमै नेपालमा एमआई ए-१ पनि सार्वजनिक गरेको छ ।

साअोमीका २०देखि३० हजार मूल्यका फोन र मूल्य

स्मार्टफोन मूल्य (रुपैयाँमा )
रेडमी ४ एक्स (३जीबी/३२ जीबी) (न्यू) २१,४९९
रेडमी नोट ३(३जीबी/१६ जीबी) २५,४९९
रेडमी नोट ४(३जीबी/३२ जीबी/एसडी) २४,९९९
रेडमी नोट ४(४जीबी/६४ जीबी/एसडी) २८,४९९
एमआई ए-१ (न्यू) (४जीबी/६४ जीबी/एसडी) २९,९९९


जिओनी


जिओनीले हालसालै ३ वटा मि रेञ्जाका फोन बजारमा ल्याएको छ  । जीओनी एक्स-१ एस, जीओनी ए-१ लाइट, जीओनी ए-१  नेपाली बजारमा आएका हुन् ।

जिओनी ए-१मा ५.५ इन्चको एमोलेड स्क्रीन, एन्ड्रोइड ७.० (नोउगाट), ४ जिबीको र्‍याम, ६४ जिबीको इन्टरनल स्टोरेज, १३ मेगापिक्सलको फ्रन्ट तथा १६ मेगा पिक्सलको रेयर क्यामेरा, ४०१० एमएएचको ब्याट्री, फिंगरप्रिन्ट सेन्सर लगायतका विशेषता छन् ।

जिअोनीका २०देखि३० हजार मूल्यका फोन र मूल्य

स्मार्टफोन मूल्य (रुपैयाँमा )
जीओनी एक्स-१ एस (न्यू) १९,९९९
जीओनी ए-१ लाइट (न्यू) २२,९९९
जीओनी ए-१ (न्यू) २६,९९९


माइक्रोम्याक्स

माइक्रोम्याक्सले पनि मिड रेञ्जका ग्राहकलाई ध्यान राखेर विभिन्न बजार नेपालमा ल्याएको छ । नेपाली उपभोक्ताले मनपराएको फोनमध्ये अग्रपंक्तिमा आउने भएकाले यो सेगमेन्टमा पनि माइक्रोम्याक्सले निकै ध्यान दिएको छ ।

क्यानभास-५, क्यानभास-६, क्यानभास सिल्भर -५ र क्यानभास सेल्फी ए-२५५ फोन माइक्रोम्याक्सको २० देखि ३० हजार खर्चिँदा किन्न सकिने फोन हुन् ।

माइक्रोम्याक्सका २०देखि३० हजार मूल्यका फोन र मूल्य

स्मार्टफोन मूल्य (रुपैयाँमा )
क्यानभास-५ २०,४००
क्यानभास ६ २३,६५०
क्यानभास सिल्भर-५ २६,४००
क्यानभास सेल्फी ए-२५५ २९,४८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment