Comments Add Comment

‘रोमियो गीत’: अशिष्मा र ओसिमासँग ल्याङ ल्याङ गर्दै हसन र संजोग

एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोमियो’को प्रदर्शन मिति परिवर्तनसँगै एक गीत पनि रिलिज गरिएको छ । कात्तिक १७ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब कात्तिक २४ गतेबाट रिलिज हुने भएको छ ।

चलचित्रको प्रदर्शन मिति परिवर्तन भएसँगै ‘ल्याङ ल्याङ’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । अडियोमा यो गीत हिट भैसकेको छ यो गीतको केही कभर भिडियो पनि निर्माण भैसकेको छ ।

अब, भने यो गीतको ओर्जिनल भिडियो सार्वजनिक गर्दै निर्माता हसन खानले प्रचारलाइ तिव्रता दिने भएका छन् । सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर, सुनिलकै संगीत रहेको यो गीतको भिडियोमा केही फरक प्रयास गरिएको छ । गम्भिर बिष्टले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुन् ।

चलचित्रमा हसनराज खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ । गीतको भिडियोमा भने नायिका अशिष्मा नकर्मी र नायक संजोग कोइराला, निराजन प्रधानलाइ अतिथी कलाकारको रुपमा फिचरिङ गरिएको छ । साथमा, चलचित्रका मुख्य कलाकार हसन र ओसिमा र विकास खतिवडालाइ पनि गीतको भिडियोमा देख्न सकिन्छ । गम्भिरले यी चारैजना कलाकारलाइ गजबले नचाएका छन् ।

चलचित्रमा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ । शंकर कार्कीले चलचित्रको निर्देशन गरेका हुन् । एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको चलचित्रका सह-निर्माता बिष्णु कार्की छन् । मिलन सापकोटा चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रले त्रिकोणात्मक प्रेम कथालाइ उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment