Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्रले दशैंको टीका नलगाउने, शक्तिपीठ पनि दर्शन नगर्ने

६ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक दशैंको टीका नलगाउने भएका छन् । उनले शक्तिपीठहरुको पनि दर्शन गर्ने छैनन् ।

देशमा प्राकृतिक विपत्ती आएको भन्दै दशैंमा टीका नलगाउने र शक्तिपीठको दर्शन नगर्ने उनले बताएका छन् । पूर्वराजा शाहले दशैंको अष्टमीको दिन शक्तिपीठहरुको दर्शन गर्दै आएका छन् ।

आफूलाई केही हप्ता आराम गर्नुपर्ने र बाढी पहिरोले सर्वसाधारणको दैनिकी असहज भएकाले यो निर्णय गरेको पूर्वराजा शाहले बताएका छन् । उनले शुक्रबार जारी गरेको विज्ञप्तिमा आफ्नो प्रार्थना, चिन्ता र चासो समग्र नेपालीको हित र सम्मुनतीमा भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment