Comments Add Comment

राप्रपाको प्रस्तावः प्रदेश र संसदको चुनावसँगै हिन्दु राष्ट्रबारे जनमत संग्रह

६ असोज, काठमाडौं । राप्रपाले प्रदेश र संसदको चुनावसँगै हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्न माग गरेको छ ।

राप्रपा कार्यसम्पादन समितिको बैठकले मंसिर १० र २१ को चुनावमा हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्न माग गरेको हो । सरकार र सम्वद्ध पक्षको ध्यानाकर्षण गराउन असोन २१ गते जिल्ला सदरमुकाममा जुलुस र सभा गर्ने तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने उसको कार्यक्रम छ ।

राप्रपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग गरेको छ । संविधान जारी भएपछि पनि स्थिरता कायम हुन नसक्नुमा संविधानको अन्तरवस्तुमा कमजोरी रहेको भन्दै उसले संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्न माग गरेको छ ।

साथै प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुको प्रस्तावित नामावली असोज २२ गतेभित्रै केन्द्रमा पठाउन सबै जिल्ला पार्टीलाई निर्देशन समेत दिइएको राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment