Comments Add Comment

दाङमा बसको ठक्करबाट वृद्धाको मृत्यु, दुई बालिका घाइते

६ असोज, घोराही । दाङको तुलसीपुर-घोराही सडकखण्डमा शुक्रबार बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

तुलसीपुरबाट पोखराका लागि छुटेको ना ४ ख ७२४३ नम्बरको बसले घोराही उपमहानगरपालिका ११ डोक्रेना चोकमा ठक्कर दिँदा सोही ठाउँ निबासी ८१ वर्षीया नरमाया रेग्मीको मृत्यु भएको हो ।

तीब्र गतिमा रहेको बसको ठक्करबाट गम्भीर घाइते रेग्मीको उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही बसले नै डोक्रेना चोक नजिकै अन्य दुई बालिकालाई पनि ठक्कर दिएको छ । ठक्करबाट घोराही ५ निवासी १५ वर्षीया रन्जना डाँगी र घोराही १४ निवासी १४ वर्षीया आकृती रेग्मी घाइते भएका छन् । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment