Comments Add Comment

माछा मार्न जाँदा खोलाले बगाएर वेपत्ता

६ असोज, नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका १७ पिपरियामा रहेको झराही खोलामा माछा मार्ने क्रममा एक जना वेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो झराही खोलामा माछा मार्न गएका पाल्हीनन्दन गाउँपालिका ४ बस्ने वर्ष २३ को लक्ष्मण कुर्मीलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले उनको खोजी गरेपनि अझै फेला पार्न नसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment