६ असोज, सर्लाही । जिल्लाको वाग्मति नगरपालिकामा नेकपा माअोवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन् ।
मेयरमा भरतकुमार थापा ७२८१ मतकाे फराकिलो अन्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णु पुलामीले ४३४३ मत ल्याए ।
यस्तै उपमेयरमा पनि माअोवादीकी लिला मोक्तानले ६३९४ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकै विना नेपालले ४७७१ मत ल्याएकी छन् ।