Comments Add Comment

वैद्य माओवादीको मोर्चा प्रदेश र प्रतिनिधि सभा चुनाव लड्ने


६ असोज, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णय गरेको छ ।

क्रान्तिकारी उपयोग गर्ने नीति अनुसार निर्वाचनमा भाग लिने निर्णय गरेको मोर्चाका संयोजक सीपी गजुरेलले जानकारी दिए ।

मोर्चाले मुठ्ठी चुनाव चिह्न पाएको छ ।

मोर्चाले समान विचार राख्ने पार्टी र संगठनहरुसँग कार्यगत एकता र तालमेलको पहल गर्ने जनाएको छ । तर, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपासँग भने चुनावी तालमेल नगर्ने मोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपालाई मोर्चाले ‘प्रतिक्रियावादी’को संज्ञा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment