Comments Add Comment

बाराका ८ स्थानीय तहको गणना सकियो, ३ स्थानमा कांग्रेस, ५ मा मधेसवादी

दक्षिणमा मधेसी र उत्तरमा कांग्रेस-एमालेकै प्रभाव

६ असोज, बारा । गाउँपालिका र साना नगरपालिकाको अन्तिम परिणाम आउन थालेपछि शुक्रबार साँझसम्म जिल्लाको १६ स्थानीय तहमध्ये ८ तहको टुँगो लागेको छ ।

१६ स्थानीय तह मध्ये दुई उपमहानगरपालिकाको भने अन्तिम टुंगो लाग्न अझै कम्तिमा २ दिन लाग्ने अनुमान गरिएको छ । जिल्लाका दुई उपमहानगरमा तीब्र प्रतिस्पर्धा देखिएको छ ।

शुक्रबार साँझसम्मको मत नतिजा अनुसार जिल्लाको दुई उपमहानगरमा एमालेले अग्रता लिइरहेको छ । कलैयामा एमालेलार्इ फोरमले पछ्याइरहेको छ ।

कांग्रेस-माओबादी गठबन्धन रहेको निजगढ नगरपालिकामा भने माओबादीले क्षती व्यहोरेको छ । नेपाली कांग्रेसलाई माओबादीले समर्थन गरेर गठबन्धनको धर्म निभाए पनि कांग्रेसले भने अन्याय गरेको माओबादीको आरोप छ ।

नगरमा उपप्रमुखसहित अन्य पदमा मतको सम्झौता गरेको उसले अन्ततः उप प्रमुखमा पराजयसँगै सबै वडाहरुबाट बढारिएको छ ।

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा हाल आधाआधी मतगणना सकिँदा अधिकांश वडाहरु नेकपा माओबादी केन्द्रले जिते पनि नगर प्रमुखमा भने पछाडि देखिएको छ ।

त्यस्तै नगरमा उपप्रमुखको बलियो दाबेदारका रुपमा कांग्रेसकी नारायणी रायमाझीलाई हेरिएको छ । रायमाझी र एमाले उपप्रमु्ख उम्मेदवार सरस्वती चौधरीबिच पनि कडा प्रतिस्वर्धा देखिएको छ । दुइबिच अघिपछिको मतान्तर छ ।

उता संघीय फोरम र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको कलैया उपमहानगरमा सुरुवाती चरणमा संघीय फोरमले एमालेलाई पछि पारे पनि अहिले एमाले अगाडि आएको छ । तर, त्यहाँ अझै धेरै मत गन्न बाँकी रहेकाले एमाले र फोरमवीच प्रतिस्पर्धा कायमै रहने अनुमान गर्न सकिन्छ ।

बिशेष गरी मधेस केन्द्रित दलको बढी प्रभाव मानिएको कलैया उपमहानगरमा कांग्रेस, एमाले, संघीय फोरम र राजपाको प्रतिस्पर्धा चलिरहेको छ ।

जिल्लाका उत्तरी क्षेत्रका स्थानीय तहमा एमाले-कांग्रेसकै प्रभाव देखिएको छ भने दक्षिणमा मधेसकेन्द्रित दलले नै अग्रता र जित हासिल गरिहेका छन् । जितेन्द्र सोनलकाे गाउँ परवानीपुरमा राजपाले जितेको छ । फेटा, विश्रामपुर, देवताल र पचराैतामा मधेस केन्द्रित दलहरूले जितेका छन् ।

नेकपा माओबादीले भने जिल्लाका केही वडाहरुमा जित हासिल गरे पनि बारामा स्थानीय तहमा प्रमुख पदमा जितेको छैन । यद्यपि जितपुर सिमरा उपमहानगरमा भने एमालेको कडा प्रतिस्पर्धीका रुपमा माओवादी केन्द्रले पछ्याइरहेको छ ।

बारामा कहाँ-कहाँ टुंगो लाग्यो ?

१ निजगढ नगरपालिकाः
प्रमुख- सुरेश खनाल, नेपाली कांग्रेस
उप प्रमुख- लिलादेवी लामिछाने, नेकपा एमाले
१३ वडा मध्ये ८ एमाले ५ कांग्रेस

२ सिम्रौनगढ नगरपालिका
प्रमुख- विजय संकर यादव, नेपाली कांग्रेस
उप प्रमुख- रिमादेबी , राजपा
११ वडामध्ये अधिकांश वडाहरुमा राजपा

३ पचरौता नगरपालिकाः
प्रमुख- रमेशकुमार यादव, संघीय फोरम
उप प्रमुख- इन्दुकुमारी , राजपा
९ वडा मध्ये ३ संघीय समाजबादी २ एमाले र एक एक राजपा र माओबादी

४ करैयामाई गाउँपालिकाः
अध्यक्ष- भुनेश्वर धामी, नेपाली कांग्रेस
उपाध्यक्ष- चित्ररेखा चौधरी, नेपाली कांग्रेस
८ वडा मध्ये २ कांग्रेस, २ एमाले, ३ फोरम र १ माओबादी

५ देवताल गाउँपालिकाः
अध्यक्ष- चन्दन सिंह, राजपा
उपाध्यक्ष- रामपती देबी महतो, राजपा
७ वडा मध्ये ४ राजपा, २ संघीय फोरम र १ माओबादी

६ परवानीपुर गाउँपालिका
अध्यक्ष- हरिनारायण शाह कलवार, राजपा
उपाध्यक्ष- साबित्रीदेवी पटेल, राजपा
५ वडामध्ये २ कांग्रेस, २ राजपा र १ संघीय समाजबादी

७ फेटा गाउँपालिका
अध्यक्ष- अमेरीलाल शाह, संघीय फोरम
उपाध्यक्ष- कमरुन खातुन, संघीय फोरम
७ वडा मध्ये ४ लोकतान्त्रिक फोरम, २ एमाले र १ संघीय समाजबादी फोरम

८. बिश्रामपुर गाउँपालिका
अध्यक्ष- अमेरी पाल, फोरम लोकतान्त्रिक
उपाध्यक्ष- सुमित्रा देवी, फोरम लोकतान्त्रिक

अन्य

बारामा अन्य तहहरुमा मतगणना भइरहेको छ । शुक्रबार ६.३० बजेको पछिल्लो तथ्याँक अनुसार दुई उपमहानगरपालीका जितपुरसिमरा र कलैया उपमहानगरमा एमालेले अग्रता लिइरहेको छ भने कोल्हबी नगरपालीकामा पनि एमालेकै अग्रता छ ।

त्यस्तै महागढिमाई नगरपालीकामा कांगेसको अग्रतालाई संघीय फोरमले पछ्याइरहेको छ । उता आदर्शकोतवाल र अन्य दुई स्थानीयतहको मतगणना विवादका कारण बुधबारदेखि नै स्थगित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment