Comments Add Comment

जितपुरसिमरा उपमहानगर वडा नम्बर ७ को मतगणना रोकियो

गणनामा खटिएका कर्मचारीले चलखेल गरेको आरोप

६ असोज, बारा । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ मा रहेको मत परिणाममा फरक परेपछि वडा नम्बर ७ को मतगणना रोकिएको छ ।

मतपरिणाम सार्वजनिक गर्दा १० मत फरक परेसँगै नेकपा एमालेले पुनः मतगणना गर्न माग गरेपछि गणना रोकिएको हो ।

गणना गर्दा कर्मचारीले मतपरिणाम कम गरेको भन्दै गणना गर्न बसेका प्रतिनिधिले गुनासो गरेपछि एमालेले पुनः मतगणना गर्न माग गरेको छ । मतगणना गर्ने क्रममा प्रतिनिधीको गणनामा ३१ हुँदा निर्वाचन कार्यलयको कर्मचारीले २१ मत मात्र लेखेको पाइएको छ ।

३ हजार २ सय ८४ मत खसेको वडा नम्बर ७ मा ३ हजार एक सय मत गणना हुँदा एमालेको मत कम १० ले कम भएको पाइए पछि वडा अध्यक्षका उमेदवार सुनिल गुप्ताले मतगणना गर्न निर्वाचन प्रमुखसँग माग गरेका हुन् ।

गुप्ताले जितपुरसिमरा उपमहानगरपालिकाका कर्मचारी राजेश शर्माको मिलोमतोमा मतगणनमा चलखेल भएको आरोप लगाए ।

यता निर्वाचन अधिकृत भीमप्रसाद भुर्तेलले मत गणना भएको मतपत्रको पुनः गणना गर्न नसक्ने प्रतिक्रिया दिएका छन् । सबैको सहमतिमा मतपत्र सार्वजनिक गरेको भन्दै कुनैपनि हालतमा मतपत्र गणना नहुने उनको अडान छ ।

यता नेपाली कांग्रेसका वडा अध्यक्षका उमेदवार रामबाबु गुप्ताले पुनः गणना गर्न नदिने बताएका छन् ।

७ नम्बर वडाको मतगणना रोकिएपछि अन्य गणना स्थलमा भने मतगणना भइरहेको छ । तर, मतगणना स्थलबाहिर भने एमाले कार्यकर्ताहरूले नारावाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment