Comments Add Comment

सत्ताको दुरुपयोग, धाँधली र मतदाता किनबेचले प्रदेश २ को चुनाव हारियो: ओली

७ असोज, काठमाडौं । सत्ताको दुरुपयोग, धाँधली र पैसामा मतदाता किनबेच भएका कारण प्रदेश नम्बर २३ मा हार बेहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ ।

शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष केपी ओलीले पेस गरेको प्रतिवेदनमा मतदाताले सामाजिक सदभाव र राष्ट्रियता पक्षमा उभिने पार्टीका पक्षमा उभिने पार्टीका पक्षमा खुलेर अभिमत प्रकट गर्न नसकेको जिकिर गरिएको छ ।

‘सत्ताको आडमा पैसाको खोलो बगाइयो । व्यापक धाँधली, सत्ताको चरम दुरुपयोग र सरकारको अलोकतान्त्रिक गतिविधिमार्फत तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा हामीलाई कमजोर बनाउने प्रयास गरियो, प्रतिवेदनमा ओलीले भनेका छन्, ‘आफ्ना पक्षमा नलाग्ने प्रहरी अधिकारीलाई रातारात सरुवा गरेर परिणाम पक्षमा पार्ने प्रयास भयो । प्रदेश नम्बर २ का जनताले सामाजिक सद्भाव र राष्ट्रियता पक्षमा उभिने पार्टीका पक्षमा खुलेर अभिमत प्रकट गर्न पाउनुपथ्र्यो तर त्यस्तो स्थिति सिर्जना हुन सकेन । यो दुःखद् छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment