Comments Add Comment

गुल्मीको रेसुंगा नगरपालिकामा जीप दुर्घटना, ८ जना घाइते

७ असोज, गुल्मी । गुल्मी सदरमुकाम नजिकै बागमारेमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् भने चार जना गम्भीर घाइते भएका छन् ।

तम्घासबाट धुर्कोट गाउँपालिकाको जैसीथोक जाँदै गरेको लु १ च ८८५७ नम्बरको जीप रेसुंगा नगरपालिका २ मा गएराती दुर्घटना भएको हो ।

दुर्घटनामा धुर्कोट गाउँपालिका ६ की २९ वर्षीया अनिता श्रेष्ठ र उनका छोरा ५ वर्षीय भास्कर श्रेष्ठ, धुर्कोट गाउँपालिका ७ का २१ वर्षीया बेल कुमारी घर्ती र गम्भीर घाइते भएका छन् । उनीहरुलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पछि पाल्पा पठाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

त्यस्तै धुर्कोट गाउँपालिका वडा नम्बर ४ का एउटै परिवारका ३९ वर्षीयाकृष्ण भण्डारी, ६ वर्षीया जिविका भण्डारी, १२ वर्षीय युनिज भण्डारी घाइते भएका छन् । त्यस्तै वडा नम्बर ६ का २० वर्षीय प्रकाश खड्का र वडा नम्बर ७ का ३७ वर्षीया सोविता सन्जेल घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको प्रहरी जनाएको छ ।

घाइते मध्ये धुर्कोट गाउँपालिका वडा नम्बर ४ का ३९ वर्षीय कृष्ण भण्डारीलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ । उनको ढाडको हड्डी भाँचिएकोले पाल्पा रिफर गरिएको भएपनि परिवारले काठमाडौं लैजाने तयारी गरेको प्रहरीले जनाएको छ ।

जीप दुर्घटना पछि चालक भास्कर जिसी फरार भएका थिए । उनी पनि घाइते भएकाले पाल्पामा उपचाररत भन्ने खबर आएको प्रहरीले जनाएको छ । अत्यधिक गतीका कारण घुम्तीमा मोड्न नसकेर गाडी दुर्घटना भएको जीपमा सवार यात्रुहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment