Comments Add Comment

कांग्रेसबाट टिकट नपाएका महेन्द्रले फोरमबाट सुवर्णपुर गाउँपालिका जिते

७ असोज, सिमरा । बाराको सुवर्णपुर गाउँपालिकामा संघीय फोरमले जीत दर्ता गरेको छ । अध्यक्ष उम्मेदवार महेन्द्र यादवले ३ हजार ६५ मतले जीत हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राकेश यादवले २ हजार ६९० मत पाए ।

उपाध्यक्षमा पनि संघीय फोरमकै कबिता यादव ३ हजार ४७५ मतसहित निर्वाचित भइन् ।

गाउँपालिका अध्यक्ष निर्वाचित भएका जितेका महेन्द्र यादवलाई कांग्रेसले टिकट नदिएप्ाछि उनी संघीय समाजवादीबाट उम्मेदवार बनेका थिए । पहिले कांग्रेसका उनी कांग्रेसकै अध्यक्षलाई हराउँदै संघीय समाजवादीबाट गाउँपालिकाको अध्यक्ष बन्न सफल भएका हुन् ।

यसअघि संघीय फोरमले जिल्लाका दुई स्थानीय तह पचरौत्ाा नगरपालिका र फेटा गाउँपालिकामा पनि जीत दर्ता गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment