Comments Add Comment

पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा

७ असोज, नवलपरासी । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

पानीको निकास नहुँदा त्रिवेणीमा सधैँ समस्यामा परेको र विकल्पका लागि धेरै पटक माग गरिए पनि सुनुवाइ नभएको सरोकार भएकाहरु बताउँछन् । त्रिवेणीमा चुरे पहाडबाट बगेर आउने पानीको निकास नभएका कारण त्रिवेणी क्षेत्रका करिब दुई हजार घरधुरी वर्षेनी प्रत्यक्ष रुपमा मारमा पर्दै आइरहेका छन् ।

गण्डक सम्झौतानुरुप निर्मित नेपाली नहर तथा भारतीय गण्डक नहरका कारणले पानीको निकास बन्द भएका कारण यहाँका बासिन्दा वर्षौंदेखि मारमा पर्दै आएको त्रिवेणीका प्रेमचन्द्र रौनियारले बताए ।

प्रत्येक वर्ष बाढी आउँदा महाभारत चुरे पहाडबाट आउने बाढी घरको आँगनको बाटो हुँदै बग्ने गरेको छ । खोला पीडितले त्रिवेणी क्षेत्रमा १० वर्षभित्र विपद् सुरक्षित समुदाय निर्माण तथा त्रिवेणी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा परिचित गराउन आवश्यक कदम चालेका छन् ।

सोका लागि सम्पूर्ण पूर्वाधार निर्माणका लागि दशवर्षीय गुरुयोजना बनाएर जिल्ला समन्वय समिति, राष्ट्रिय योजना आयोग तथा सम्बन्धित मन्त्रालयमा समेत पेश भइसकेको छ, यद्यपि कार्यान्वयन भने भएको छैन ।

जिल्लाकै धार्मिकस्थल रहेको त्रिवेणी क्षेत्रमा पूर्वाधार योजना पूरा गरी खोलाको पानीको निकासका लागि आवश्यकतानुसार पुल र नाला बनाउनुपर्ने माग स्थानीयवासीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment