Comments Add Comment

संयुक्त राष्ट्र संघको मुख्यालयमा नेपालको इ–गभर्नेन्सबारे छलफल

७ असोज न्यूयोर्क । प्रधानमन्त्री शेरबहादुर देउवा र इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडबीच शुक्रबार संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध विस्तारका बारेमा छलफल भएको छ ।

उनीहरुबीच सार्वजनिक सेवा प्रवाहमा इ–गभर्नेन्सले पुर्याउने सहयोग तथा सहयोग आदानप्रदान जलवायु परिवर्तनका प्रकोपबाट जुध्ने, राष्ट्र संघजस्ता साझा मञ्चमा कसरी मिलेर अघि बढ्नेलगायत विषयमा पनि छलफल भएको परराष्ट्र सचिव शंकरदास वैरागीले जानकारी दिए ।

युरोपेली सङ्घको वर्तमान अध्यक्ष इस्टोनियाबाट प्रतिनिधित्व गरिने भएकाले त्यसबाट नेपाललाई हुँदै आएको सहयोगको निरन्तरताका बारेमा समेत कुरा भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment