Comments Add Comment

सर्लाहीको हरिवनमा एमालेको जित, गणेश प्रसाई बने मेयर

७ असोज, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरसहित अधिकांश पदहरु जितेको छ ।

शनिबार सम्पन्न मतगणनामा एमालेका गणेश प्रसाई ६०५४ मत प्राप्त गरी हरिवनको मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा पनि एमालेकै रेणुका पौडेलले जितेकी छन् । उनको मत ५९९८ छ ।

मेयरको निकटतम प्रतिस्पर्धामा रहेका माओवादीका कमल बुढाथोकीले ५१८४ मत प्राप्त गरे भने माओवादी उपमेयरकी उम्मेदवार पद्या मोक्तानले ४४४६ मत ल्याइन् ।

सर्लाहीमा एमालेको यो दोस्रो जित हो । यसअघि लालबन्दी नगरपालिमा एमाले विजयी भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment