Comments Add Comment

बर्दिबासमा माओवादी, जलेश्वरमा राजपा विजयी

७ असोज, महोत्तरी । महोत्तरीका दुई स्थानीय तह माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी (राजपा)ले बाँडेका छन् । बर्दिबासमा माओवादी र जलेश्वरमा राजपाले जित निकालेको हो ।

बर्दिबास नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विदुरकुमार कार्की ९ हजार १ सय ८७ मत ल्याएर विजयी भएका छन् । उनका नजिकका प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रह्लाद क्षेत्री ८ हजार १ सय ७९ मत ल्याएर पराजित भए ।

त्यस्तै, बर्दिबासको उपप्रमुख पनि माओवादी केन्द्रको पोल्टामा परेको छ । उपमेयरमा कृष्णमाया गौतम विजयी भएकी हुन् । उनको मत ८ हजार ८ सय ३५ छ । कांग्रेसकी उपमेयर उम्मेदवार तारादेवीले ७०२३ मत ल्याएर रोकिइन् ।

उता, जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै राजपाको पोल्टामा परेको छ । नेपाल लोकतान्त्रिक फोरमका सुरेश साहलाई पराजित गर्दै राजपाका राम शंकर मिश्र जलेश्वर नगरपालिका प्रमुखमा विजयी भएका हुन् । मिश्रले ५१८० मत पाए भने साह ३३६२ मतमा खुम्चिए ।

उपमेयरमा राजपाकी मुन्चुन देवीको जित भएको छ । उनी नेपाली कांग्रेसकी अनिता देवी शर्मालाई हराउँदै उपमेयर बनेकी हुन् । देवी र शर्माको मत क्रमशः ४५६६ र २७१७ छ ।

महोत्तरीमा योसँगै १३ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । अब महोत्तरीको २ स्थानीय तहको परिणाम आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment