Comments Add Comment

एनअारएनए सम्मेलनमा अाउने नेवारलार्इ स्वागत गरिने

२३ सेप्टेम्बर, टोकियो । गैरआवासीय नेपाली संघको काठमाडौंमा हुने आठौँ विश्व सम्मेलन-२०१७ मा भाग लिन आउने सम्पूर्ण नेवार समुदायका व्यक्तिहरूलार्इ अागामी अक्टोवर १३ तारिखमा वर्ल्ड  नेवाः अर्गनाईजेशन जापानले परिचयात्मक भेटघाट तथा स्वागत गर्ने भएको छ ।

काठमाडौंको नेपाः ब्यांक्वेट हलमा  विशेष कार्यक्रमको अायोजना गरी स्वागत गरिने जनाइएको छ ।

संसारभर छरिएर रहेका नेवाः दाजुभाई दिदीबहिनीहरु तथा सबै संगठनहरुका ध्वजाहरुलाई उच्च स्थान दिदै ‘हाम्रो संस्कृति, हाम्रो संस्कार’लाई टेवा दिंदै राष्ट्रिय हित र सवालमा सबै एक ढिक्का समेत हुने लक्ष्य लिएर नेवाःहरु अझ संगठित, प्रभावकारी र चुस्त बनाउन एक आपसमा नेटवर्किङ तथा सम्पर्क गर्ने लक्ष्यका साथ कार्यक्रम अायोजना गरिएको अर्गनाइजेशनले जनाएको छ ।

जलपानको व्यवस्थाका साथै ख्यातिप्राप्त कलाकारहरुको गीतसंगीत र धिमे बाजाले सहभागीहरूलार्इ भब्य स्वागत गरिने आयोजकका प्रतिनिधि सुनिल कुमार शाक्यले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment