Comments Add Comment

यी सेलिब्रेटीहरुलाई इन्टरनेटमा सर्च गर्नु खतरनाक


पप रक क्विन एभरल लभिनले इन्टरनेटको लोकप्रियतामा सुपरस्टार बियोन्सेलाई पनि पछि छाडिसकेकी छिन् । तर उनको नाममा एक अर्को किर्तिमान पनि छ, जो उनको लागि टाउको दुखाई बनेको छ । एभरल इन्टरनेटमा सर्च गरिने सबैभन्दा खतरनाक सेलिब्रेटी पनि हुन् । अर्थात् इन्टरनेटमा उनलाई सर्च गर्ने फ्यानहरु सबैभन्दा धेरै जोखिममा रहन्छन् ।

एभरललाई इन्टरनेटमा सर्च गर्दा फ्यानले किन खतरा बेहोर्नुपर्यो त ? साइबर सेक्योरिटी फर्म म्याक ए फीका अनुसार कतिपय सेलिब्रेटीहरुलाई इन्टरनेटमा सर्च गरेसँगै मानिसहरु मालवेयर तथा भाइरसयुक्त साइटमा पुग्दछन् । वास्तवमा ह्याकरहरुले सेलिब्रेटीको नामसँग जोडेर यस्ता साइटहरुसम्म प्रयोगकर्तालाई पूराउँदछन् । अनि त्यस्ता साइटमा क्लिक गर्ने बित्तिकै उनीहरु ह्याकरको फन्दामा पर्दछन् ।

सेलिब्रेटीको यो सूचिमा सबैभन्दा माथि एभरल लभिनको नाम छ । उनलाई सर्च गर्ने मानिस त्यसैले सबैभन्दा उच्च दरमा त्यस्ता वेबसाइटमा पुग्दछन् ।

लभिनलाई इन्टरनेटमा सर्च गर्दा भाइरसयुक्त पेजमा पुग्ने सम्भावना १४.५ प्रतिशत छ । अझ लभिनको नामबाट उनका एम पि थ्री गितहरु सर्च गर्नुभयो भने यस्तो खतरा २२ प्रतिशतले हुन्छ ।

इन्टरनेटमा खतरनाक सेलिब्रेटीको सूचिमा दोश्रो नम्बरमा ब्रुनो मार्स र तेश्रो नम्बरमा कार्ली रे जेप्सन रहेका छन् ।

म्याक ए फीका अनुसार ह्याकरहरु सेलिब्रेटीहरुको लोकप्रियताको फाइदा उठाउन इन्टरनेटमा सक्रिय हुने हुनाले सर्च गर्ने समयमा कुनैपनि चिजको डाउनलोड लिंकको प्रयोग गर्नु हुँदैन ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment