Comments Add Comment

पर्साको धोबिनीमा कांग्रेस विजयी 

७ असोज, पर्सा । जिल्लाको धाेबिनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका  सुरेन्द्रप्रसाद कुर्मी विजयी भएका हुन् । उनले २१७६ मत पाएका छन् ।

कुर्मीका प्रतिस्पर्धी संघीय फोरमी सुशीला देवी चाैहानले १८९२ मत ल्याएकी छन् ।

यस्तै उपाध्यक्षमा भने संघीय फोरमका पारसनाथ कुर्मी विजयी भएका छन् । उनले  २४५९ मत ल्याएर विजयी भएका  हुन् । प्रतिद्वन्दी कांग्रेसकी मञ्जु देवीले २२८८ मत पाएको गेहेन्द्रराज पन्तले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment