Comments Add Comment

पर्साको सखुवाप्रसौनीमा संघीय फोरम विजयी

७ असोज, पर्सा । जिल्लाको सखुवाप्रसाैनी गाउँपालिकाको अध्यक्षमा संघीय फोरम विजयी भएको छ । गाउँपालिका अध्यक्षमा फोरमका प्रदिपकुमार जयसवाल विजयी भएका हुन् । उनले ३६५७ मत ल्याएका छन् ।

जयसवालका प्रतस्पर्धी एमालेका निलराज गिरिले २६१४ मत ल्याए ।

यस्तै उपाध्यक्षमा पनि संघीय फोरमकै फूलमतीदेवी थरुनी ३६७२ मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिद्वन्दी एमालेकी केदार कुमारी बिश्वकर्माले २८५१ मत ल्याएकाे निर्वाचन अधिकृत कमल राज पन्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment