Comments Add Comment

चितवन जिसस प्रमुखमा एमाले उम्मेदवार डल्लाकोटी

७ असोज, चितवन । नेकपा एमालेले चितवनले जिल्ला समन्वय समितिको प्रमुखमा कृष्णकुमार डल्लाकोटीलाई र उपप्रमुखमा मुना श्रेष्ठलाई उठाउने तयारी गरेको छ ।

डल्लाकोटी खैरहनी नगरपालिका १ वाट विजयी प्रतिनिधी हुन भने श्रेष्ठ भरतपुर महानगरपालिका ५ बाट विजयी महिला सदस्य हुन् ।

जिसस चितवनले ९ गते जिल्ला सभा आब्हान गरेको छ । ७ देखि ९ जनासम्मको जिल्ला समन्वय समिति बनाउन सकिने प्रावधान छ । सभाले कति सदस्यीय बनाउने भन्ने निर्णय गर्नेछ ।

प्रमुख र उपप्रमुखको निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृतले सभाको सिफारिसका आधारमा तोक्ने छन् ।

जिल्लाका ७ स्थानीय तह मध्ये ४ वटामा मेयर, उपमेयर जितेको एमालेको जिल्लासभामा स्पष्ट बहुमत छ । एमालेका ९ सदस्य छन् भने कांग्रेसको ३ र माओवादीको २ मात्रै छ ।

कांग्रेस चितवनका उपसभापति कैलाश कोइरालाले जिससको प्रमुखमा कसलाई उठाउने भन्ने तय नभएको जानकारी दिए ।

संविधानअनुसार जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा आवश्यक व्यवस्थापन गर्न गाउँकार्यपालिका र नगरकार्यपालिकाका प्रमुख सदस्य हुने गरी एक जिल्लासभा रहने व्यवस्था छ । निर्वाचन परिणाम प्राप्त भएको ३० दिनभित्र जिल्ला सभा बस्ने र त्यसले एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा तीनजना महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित बढीमा नौजना सदस्य रहेको जिल्ला समन्वय समिति निर्वाचन गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment