Comments Add Comment

एयरपोर्टमा दशैंको माहोलः परदेशी र घरदेशीका ‘हर्षका आँशु’ (फोटोफिचर)


७ असोज, काठमाडौं । वर्षदिनभरि जहाँ रहेपनि दशैं र तिहार परिवरसँगै मनाउन घर आउने रहर कसको हुँदैन र ? त्यसैले विदेशलाई कर्मथलो बनाएकाहरु पनि दशैंलाई घर र्फकन्छन् ।

कतिलाई त अवसर मिल्दैन पनि, तर जतिले घर फर्किने मौका पाउँछन् उनीहरुमा स्वदेश फर्किँदा देखिने उमंग शब्दमा वर्णन गर्नै सकिँदैन ।

वर्षदिनको चाडबाड परिवारको साथमा मनाउने परम्परालाई परदेशीहरुले पनि गजबँग आत्मसात गरेका छन् । यसैकारण आजभोलि त्रिभुवन विमानस्थलमा स्वदेश फर्किनेहरुको संख्या बाक्लो बनेको छ । अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीले पनि थप उडान नेपालमा केन्द्रित गरेका छन् ।

स्वदेश फर्किएकाहरुको मात्रै हैन, विमानस्थलमा आफन्त कुर्नेहरुको पनि भीड बढेको छ । आफन्त तथा साथीभाईको लामो प्रतीक्षा गरेकाहरु परदेशीलाई आँखा अघि देख्दा अर्षका आँशु थाम्न सक्दैनन् ।

धेरै जना आफन्तको भेटमा खुसीका आँशु लिएर स्वगतमा जुटेका भेटिन्छन् । विमानस्थलको आगमनतर्फको भागमा आफ्ना प्रियजनको स्वागतका दृश्यले जो-कोहीको आँखा रसाउन सक्छन् ।


पराई भूमिबाट दशैंको माहोलमा घर फर्किएकाहरु पनि उत्तिकै खुसी र उत्साहित देखिन्छन् । बाध्यता वा रहरले विदेशिएकाहरु पनि आफ्नो जन्मभूमीमा पाइला टेक्नासाथ पाएको स्वागतलाई निकै हार्दितापूर्वक ग्रहण गरिरहेको देखिन्छ ।

त्यसैले आजभोलि विमानस्थलमा पनि फरक माहोल देखिन्छ, जसले नेपालीको परम्परागत पर्व दशैंको बाहनामै भएपनि पि्रयजनहरुको मन, भावना र सम्मानलाई जोडिरहेको छ । हो, यही दशैंले दशैंले सात समुन्द्रवार-पारमा परदेशीलाई र घरदेशीलाई जोडिहरेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment