Comments Add Comment

पाकिस्तानी अभिनेत्रीसँग चुरोट पिउँदै रणवीर, के प्रेममा छन् ?

शाहरुख खानको फिल्म ‘रइस’ बाट बलिउडमा इन्ट्री गरेकी पाकिस्तानी नायिका माहिरा खानले दोस्रो फिल्म भेटेकी छैनन् । बरु उनले नयाँ व्वाइफ्रेण्ड चाहिँ भेटेकी हुन् कि भन्ने अड्कल काटिएको छ ।

माहिराका नयाँ व्वाइफ्रेण्ड अरु कोही नभएर अभिनेता रणवीर कपुर हुन् । माहिरा र रणवीरका केही तस्वीरहरु इन्टरनेटमा सार्वजनिक भएका छन् । तस्वीरमा माहिराले सेतो रंगको लुगा लगाएकी छिन् । रणवीर भने आफ्नो सञ्जय दत्तवाला लुक्समा नै देखिएका छन् । दुवैको हातमा चुरोटको ठुटो देखिन्छ । यो तस्वीर कहिले र कहाँ लिइएको थियो भन्ने एकिन त भएको छैन, तर अनुमान लगाइएको छ कि न्यूयोर्कतिर हुनुपर्छ ।

गत जुलाईमा रणवीर कपुर सञ्जय दत्तमाथि बनेको बायोपिक फिल्मको सुटिङका सिलसिलामा न्यूयोर्क पुगेका थिए । माहिरा पनि ठीक त्यतिबेला कुनै प्राजेक्टका लागि त्यहाँ पुगेकी थिइन् । त्यहीँ उनीहरु भेट भएको अड्कल काटिएको छ ।

न्यूयोर्कमा आयोजित ग्लोबल टीचर प्राइज गालामा उनीहरु दुवै रेड कार्पेटमा उत्रिएर सँगै ‘वाक’ गरेका थिए । उनीहरुबिचको केमिस्ट्रीलाई हेरेर त्यतिबेलै लख काटिएको थियो कि पक्कै केही गडबडी छ । पछिल्लोपटक सार्वजनिक तस्वीरले त्यसमा बल पुगेको छ ।

स्मरणीय के छ भने माहिरा खान पूर्वविवाहित हुन् । सन् २०१५ मा उनले श्रीमानसँग सम्वन्धविच्छेद गरेकी थिइन् । उनका एक छोरा पनि छन् ।

अर्कोतर्फ, लामो समयसम्म कैटरिना कैफसँग अफेयरमा रहेका रणवीर पछिल्लो समय सिंगल नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment