Comments Add Comment

दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षीय रौनियार बने पोखरियाको मेयर

पर्सामा नेपाली जनता दलको दोस्रो जित

७ असोज, पर्सा । पर्साको दोस्रो सदरमुकामको रूपमा चिनिने पोखरीया नगरपालिकाको मेयरमा दुईजना पूर्व सभासदलार्इ पराजित गर्दै जनता दलका २८ वर्षीय दीपनारायण रौनियार (मन्टु) बिजयी भएका छन् ।

पोखरीया नगरपालिकाको मेयरमा जनता दलका दीपनारायण रौनियारले ३०२६ मत ल्याएर विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्दी पूर्व सभासद संघीय फोरमका प्रधुम्न चौहानले २७६७ मत र तेस्रो स्थानमा पूर्व सभासद रहेका नेपाली कांग्रेसका रामेश्वर रौनियारले १६६३ मत प्राप्त गरे ।

रिजवान अन्सारीले नेतृत्व गरेको नेपाल संघीय समाजबादी पार्टीले जनता दलको चक्र छाप लिएर चुनाव लडेको छ । नेपाल संघीय समाजबादी पार्टीको उपाध्यक्ष राजकुमार यादवको त्यस क्षेत्रमा राम्रो पकड रहेको छ ।

यसैगरी उपमेयरमा संघीय फोरमकी सलमा खातुन २७०४ मत प्राप्त गरी विजयी भएकी छन् । खातुन पत्रकार हुन् । उनकी निकटतम प्रतिद्वन्दी जनता दलकी विणा देबीले २४९५ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment