Comments Add Comment

बारामा राजपाको तेस्रो जित, प्रसौनीका अध्यक्ष बने भोला प्रसाद गुप्ता

७ असोज, बारा । राष्ट्रिय जनता पार्टीले बारा जिल्लामा तेस्रो जित हासिल गरेको छ ।

जिल्लाको प्रसौनी गाउँपालिकामा राजपाका भोलाप्रसाद गुप्ता अध्यक्षमा निर्वाचित भएका छन् ।

गुप्ता २४३८ सहित अध्यक्षमा निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बिनोद प्रसाद जयसवालले २११३ मत पाए ।

उपाध्यक्षमा पनि राजपाकै गीता शाहले २५४२ मत ल्याएर बिजयी भएकी छन् । ७ वटा वडा रहेको प्रसौनीमा ४ वडामा राजपाले जितेको छ भने २ वडामा माओबादी र १ वडामा कांग्रेसका अध्यक्ष उम्मेदवारले जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment