Comments Add Comment

गोरखामा अन्य दलसँग तालमेल हुँदैनः बाबुराम

७ असोज, गोरखा । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टरार्इले गोरखामा अन्य दलसँग चुनावी तालमेल नगर्ने बताएका छन् ।

आफूले गरेको राम्रा काम नै चुनाव जित्ने आधार भएको भन्दै उनले आफ्नै बलवुतामा चुनाव लड्ने बताएका हुन् ।

चुनावी अभियानको क्रममा गोरखा आएका भट्टराइले भने, ‘स्थानीय तहको निर्वाचनमा आफ्नो चुनाव चिन्ह नपाएर अरुको चिन्ह लिनुपर्दा समस्या भएको हो । अहिले आफ्नै पार्टीको चुनाव चिन्ह पाएका छौं, अब जित्न सहज हुन्छ ।’

विगतमा गोरखा जिल्लामा आफूले विकास निर्माणका धेरै पूर्वाधार तयार पारेको भन्दै उनले आफूलाई जनताले साथ दिने दावी गरे ।

केही दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाबुरामलाई नछाड्ने भनेकोप्रति टिप्पणी गर्दै भट्टरार्इले भने, ‘प्रचण्ड भन्छन् बाबुराम हराऊ । म भन्छु गरिवी, बेरोजगारी र भष्ट्राचार हराऊ ।’

अरुलाई हराउने नभई आफू जित्ने पार्टीको रणनीति रहेको उनले प्रष्ट पारे । चुनावी अभियान सुरु भइसकेको भन्दै उनले भने, ‘एक पटक क्षेत्र नम्वर १ र अर्काे पटक क्षेत्र नम्वर २ बाट जितिसकेकोले तेस्रो पटक क्षेत्र नम्वर ३ बाट लड्ने चाहना थियो । दुई क्षेत्र मात्र कायम भयो र समग्र जिल्लाको प्रतिनिधित्व गर्ने भएकाले क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment