Comments Add Comment

पोखरालाई प्रादेशिक राजधानी बनाउन सबै सहमतः श्रेष्ठ

७ असोज, पोखरा । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले पोखरालाई प्रदेश ४ को रानधानी बनाउन सबै सहमत रहेको बताएका छन् ।

शनिबार पोखरामा आयोजित कार्यक्रममा कांग्रेस नेता समेत रहेका मन्त्री श्रेष्ठले भने, ‘पोखरालाई राजधानी बनाउन स्याङजा, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, मनाङ, मुस्ताङ सबैले मानेका छन्, यसमा गर्व गर्नुस् ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ढिलासुस्तीबारे चासो राखे । साथै भैरहवा-मुक्तिनाथ जोड्ने कालीगण्डकी करिडोर बन्दैमा पोखरेली आत्तिनुनपर्ने धारणा राखेका छन् ।

उनले पोखराको फुस्रेखोलाबाट स्याङ्जाको आँधीखोलासम्म सुरुङ मार्ग बनाउने आफ्नो योजना रहेको सुनाए । यद्यपि यसका लागि भइरहेको पहलबारे भने उनले केही पनि बोलेनन् ।

कार्यक्रममा अग्रज पत्रकार पून्य पौडेल स्वर्गीय दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित पुरस्कारको राशी नगद ३३ हजार ३३३ रुपैयाँ छ । सम्मानित पौडेल ३ दशकदेखि पोखरामा पत्रकारितामा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment