Comments Add Comment

अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित, शरदको शतक

७ असोज, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङबिरुद्धको खेलको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो जित हासिल गरेको छ ।

चेन्नईमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा तामिलनाडू एलाई १४७ रनले पराजित गरेको हो ।

नेपालले दिएको ३१२ रनको लक्ष्य पछ्याएको तामिलनाडू ४५.३ ओभरमा १६४ रनमै समेटिएपछि नेपालको १४७ रनको जित निश्चित भएको हो ।

नेपाली बलरहरुको कसिलो बलिङसामू तामिलनाडूका लागि सत्यानारायणले ६७ रन जोड्नुबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । उसका लागि बाराथले २२ रन बनाएका थिए । तामिलनाडूका सात ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले शरद भेषावकरको शतकको मद्दतमा ५० ओभरमा ५ विकेट गुमाएर ३११ रन बनाएको थियो ।

हिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ३१ रनमा आउट भए, जतिबेला टिमको स्कोर ४६ रन थियो । तर, सागर पुन र शरदले पारी सम्हाले ।

सागर र शरदले दोस्रो विकेटका लागि १४७ रनको साझेदारी गरे । सागर ७७ रनमा आउट भए । शरदले तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ५६ रनको साझेदारी गरे ।

शरद ४६.३ ओभरमा १०० रन बनाएर आउट भए । ११९ बलको सामना गरेका उनले ११ चौका हानेका थिए ।

विनोद भण्डारी मात्र ७ रनमा पभेलियन फर्किर्ए । अन्तिम बल खेल्नुअघि आउट भएका ऐरीले ७३ रन बनाए भने सोमपाल कामी १० रनमा नट आउट रहे ।

नेपालले चेन्नईमा खेलेका यसअघिका दुई खेलमा जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment