Comments Add Comment

प्रदेश २ को चुनाव सकेर कार्यक्षेत्र फर्किन लागेका दुई प्रहरीको मृत्यु

७ असोज, बागलुङ । प्रदेश २ को निर्वाचन सुरक्षामा खटेर कार्यक्षेत्रमा फर्किँदै गरेका दुई प्रहरीको बागलुङमा भएको जीप दुर्घटना मृत्यु भएको छ । बागलुङ बजारबाट बरेङ बजारतर्फ गइरहेको ध १ ज १३४ नम्बरको जीप शनिबार दिउँसो बरेङ गाउँपालिकाको हुग्दीशिरमा दुर्घटना हुँदा प्रहरी हबल्दार खिमबहादुर विष्ट र प्रहरी जवान ढालबहादुर श्रीसको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरेङले जनाएको छ ।

गुल्मीको अग्लुङ–८ घर भएका प्रहरी हबल्दार बिष्ट इलाका प्रहरी कार्यालय बरेङमा र गुल्मीकै हाडहाडे–४ का घर भएका प्रहरी जवान ढालबहादुर श्रीस प्रहरीचौकी बाटाकाचौरमा कार्यरत थिए । उनीहरुलाई निर्वाचन सुरक्षाका लागि प्रदेश नम्बर २ अन्तर्गत धनुषामा खटाइएको र निर्वाचन सम्पन्न भएपछि साविकको कार्यक्षेत्रमा फर्किँदा दुर्घटनामा परेको बताइएको छ ।

उनीहरुसहितका यात्रु सवार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

दुर्घटनामा १२ जना घाइते भएको इलाका प्रहरी कार्यालय बरेङका इन्सपेक्टर हरिबहादुर पुनले जानकारी दिए । घाइते मध्य चार जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङ पठाइएको छ । अन्य घाइतेलाई भने पाल्पातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

– गणेश पौडेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment