Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः चुनावी नतिजादेखि भूकम्पपीडितको दशैंसम्म

८ असोज, काठमाडौं । आइबार काठमाडौंबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा प्रदेश नम्बर २ को चुनावी नतिजा परेको छ । पत्रपत्रिकाहरुले चुनावी नतिजाका विभिन्न आयाम केलाएका छन् । केही स्थानीय तहको मतगणनामा भइरहेको ढिलाइबारे पनि आजका केही पत्रपत्रिकाहरुले खबर लेखेका छन् ।

भूकम्पपीडितको पुनिर्निर्माणले गति लिन नसक्दा यस वर्ष पनि उनीहरुको दशैं टहरामै हुने भएको छ । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

दलहरुको संघ र प्रदेशको निर्वाचन तयारी, मुख्य सचिवको दौड, नापी विभागमा राखिएको चोरीको सफ्टवेयरलगायत विषयलाई आजका पत्रपत्रिकाहरुले ‘कभरेज’ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment