Comments Add Comment

दशैंमा नयाँ कुमारी आउँदै

८ असोज, काठमाडौं । नौ वर्षपछि काठमाडौंमा जीवित देवी ‘कुमारी’को परिवर्तन गरिने भएको छ । कुमारीलाई जीवित देवीका रुपमा पुजिन्छ । हालकी कुमारी मतिना शाक्यको कुमारी बस्ने औसत उमेर पूरा भएकाले नयाँ ल्याउन लागिएको हो ।

मतिना २०६५ सालमा कुमारीका रुपमा कुमारी घरमा प्रवेश गरेकी हुन् । उनको उमेर १२ वर्ष पूरा भएकाले दशैंको महामअष्टमीका दिन कुमारी घरमा नयाँ कुमारी भित्राउने तयारी भएको गुठी संस्थान, प्रधान कार्यालयले जनाएको छ ।

परम्पराअनुसार बहालवाला कुमारी १२ वर्ष पुगेपछि नयाँ कुमारी प्रतिष्थापन गर्नुपर्ने मान्यता रहेको कार्यालयका उपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिए । उनका अनुसार महिनावारी हुने उमेरलाई ध्यानमा राखेर नयाँ कुमारीको प्रतिष्थापन गर्ने तयारी भएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment