Comments Add Comment

महोत्तरीको पिपरामा राजपा विजयी

अब मनरा सिस्वाको मात्रै परिणाम आउन बाँकी

८ असोज, महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा राजपाले जित हासिल गरेको छ ।

राजपाका अध्यक्ष उम्मेदवार विनोदकुमार चौधरी २७७५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विक्रम चौधरीले १८७३ मत प्राप्त गरे ।

उपाध्यक्षको परिणाम पनि राजपाकै पक्षमा परेको छ । राजपा उपाध्यक्षकी उम्मेदवार ननुकारी दासले २५७३ मतका साथ एमालेकी रेखादेवी साहलाई हराइन् । साहले २०१७ मत प्राप्त गरेकी छन् ।

महोत्तरीमा अब मनरा सिस्वा गाउँपालिकाको परिणाम आउन बाँकी छ । त्यहाँ विवाद भएका कारण गणना रोकिएको थियो । निर्वाचन आयोगबाटै टोली गएपछि गणना शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment