Comments Add Comment

बार्सिलोनाको लगातार छैठौं जित

८ असोज, काठमाडौं । दुई उपहार गोलको मद्दतमा बार्सिलोनाले गिरोनालाई हराएको छ र स्पेनिस ला लिगामा लगातार छैठौं जित निकालेको छ ।

शनिबार भएको खेलमा बार्सिलोनाले ला लिगामा पहिलो सिजन खेलिरहेको गिरोनालाई ३–० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाले दुई गोल उपहार पाएको थियो । घरेलु टोली गिरोनाका बेनिटेले १७ औं मिनेटमा आत्मघाती गोल गरे । दोस्रो हाफको सुरुमा नै इराजोजले आत्मघाती गोल गरेपछि बार्सिलोना २–० को अग्रता लिन सफल भयो ।

खेलको ६९ औं मिनेटमा लुइस स्वरेजले गोल गरे । जितसँगै लिग लिडर बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment