Comments Add Comment

सिटीले शानदार जित निकाल्दा प्यालेसले बनायो नचाहेको रेकर्ड

८ असोज, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटीले क्रिष्टल प्यालेसमाथि ५–० को शानदार जित हात पारेको छ ।

तर, प्यालेसले भने नचाहेको रेकर्ड बनाएको छ । प्यालेस इंग्लिस फुटबल लिगमा सिजनको सुरुवाति ६ खेल हार्ने र एक गोल पनि गर्न नसक्ने पहिलो टिम बनेको छ ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले ४४ औं मिनेटमा सानेको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रहो हाफमा चार गोल थप्यो ।

५१ र ५९ औं मिनेटमा राहम स्टलिङले गोल गरे भने ७९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरे । खेलको ८९ औं मिनेटमा फेबियन डेल्फले गोल गरेपछि म्यानचेष्टर सिटी ५–० को फराकिलो जित निकाल्न सफल भयो ।

जितसँगै सिटीले ६ खेलबाट १६ अंक जोडेको छ ।

शनिबार राति नै साउथ ह्याम्पटनमाथि १–० को जित निकालेको म्यानचेष्टर युनाइटेडको पनि समान अंक छ तर, गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment