Comments Add Comment

सिरहा नगरपालिकाको मेयरमा फोरम, उपमेयरमा एमाले विजयी

८ असोज, सिरहा । सिरहा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपाल र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार, फोरम नेपालका अशेश्वरप्रसाद यादव एमाले उम्मेदवारलाई पछि पार्दै मेयरमा निर्वाचित भएका हुन् । उनको मत ९,२३४ छ । उनका नजिकका प्रतिष्पर्धी एमालेका नविन यादव ९०६३ मत ल्याएर पराजित भए ।

उपमेयर भने एमालेको पोल्टामा परेको छ । उपमेयरमा एमालेकी नमिता यादव ९,१६१ मतका साथ जित दर्ता गराउँदा फोरमकी नविना यादव ८९९० मा रोकिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment