Comments Add Comment

नेइमारको अनुपस्थितिमा पीएसजीको विजयी यात्रामा पूर्णविराम

८ असोज, काठमाडौं । फ्रान्सको लिग वानमा पेरिस सेन्ट जर्मेनको विजयी यात्रामा पूर्णविराम लागेको छ ।

शनिबार राति भएको खेलमा मोन्टपेलियरले नेइमार विनाको पीएसजीलाई गोलरहित बराबरीमा रोकेको हो । नेइमार खुट्टाको चोटका कारण खेलेका थिएनन् ।

केलिन एमबापेको गोल गर्ने दुई प्रयासलाई मोन्टपेलियरले गोलरक्षकले असफल पारेका थिए ।

बराबरीपछि पीएसजीको ७ खेलबाट १९ अंक भएको छ । लिलेमाथि ४–० को जित निकालेको मोनाको समान खेलबाट १८ अंकका साथ दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment