Comments Add Comment

सर्लाहीको बरहथवा नगरपालिकामा माओवादी विजयी

८ असोज, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । यहाँको मेयरमा माओवादीका देवानन्द महतो ७०३८ मत प्राप्त गरि विजयी भएका हुन् ।

उपमेयरमा पनि माओवादीकै सीतादेवी माझी ६४९९ मत प्राप्त गरी विजयी भएकी छन् । मेयरमा निकटतम प्रतिस्पर्धी निरन्जन प्रसाद दासले ५०२७ मत प्राप्त गरेका छन् भने उपमेयरमा कांग्रेसकी यशोदादेवी निरौलाले ५३९० मत पाएकी छन् ।

योसहित माओवादीले सर्लाहीका २० मध्ये ३ स्थानीय तह जितेको छ । यसअघि बागमती नगरपालिका र चक्रघट्टा गाउँपालिकामा माओवादीले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment