Comments Add Comment

रामराजाप्रसाद सिंहका छोरा एमालेमा प्रवेश

८ असोज, काठमाडौं । सिंहदरवार बम काण्डका कमाण्डर तथा चर्चित गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहका छोरा डा. मनोज सिंह एमालेमा प्रवेश गरेका छन् ।

माओवादी राजनीतिमा क्रियाशील सप्तरीका साह शनिबार एमाले केन्द्रीय कमिटी बैठक चलिरहेकै बेला एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरेललगायतले पार्टीमा स्वागत गरे ।

सिंहसँगै उनका सहकर्मीहरु पनि एमाले प्रवेश गरेका थिए । २०४२ सालमा गणतन्त्रको लागि भन्दै भएको बम विष्फोटमा रामराजालाई दोषी ठहर गरेर राज्यले मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनी २०६५ सालको पहिलो राष्ट्रपति निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका थिए । सिंहको निधन भइसकेको छ । यसअघि सिंहदरवार कब्जा काण्डका कमाण्डर पूर्व प्रधानमन्त्री के आइसिंहका छोरा यज्ञजित शाह पनि एमाले प्रवेश गरिसकेका छन् । उनी रुपन्देहीका पूर्व सांसद पनि हुन् ।

२ नम्बर प्रदेशको चुनावी नतिजामा पछि परिरहेका बेला मधेशका स्थापित नेता रामराजाका छोराको प्रवेशले पार्टीलाई फाइदा भएको महासचिव पोखरेवलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment