Comments Add Comment

महोत्तरीको मनरा सिस्वामा राजपा,सप्तरीको शम्भुनाथमा कांग्रेस विजयी

८ असोज, काठमाडौं । महोत्तरीको मनरा सिस्वा नगरपालिकामा राजपा विजयी भएको छ भने सप्तरीको शम्भुनाथ नगरपालिकामा कांग्रेस विजयी भएको छ ।

मनरा सिस्वा नगरपालिकामा राजपाका संजय कुमार सिंह ले ४२३९ मत ल्याएर विजयी भएका हुन् । उपमेयरमा पनि राजपाकै रमिता प्रधानले ४०५३ मत ल्याइन ।

मेयरका निकटतम प्रतिस्पर्धी सघीय समाजवादी फोरम नेपालका महेंद्र रायले ३२६१ मत ल्याए भने उपमेयरका निकटतम प्रतिद्वन्दी संघीय फोरमकै हजरा खातुनले २८८९ मत ल्याइन ।

यस्तै सप्तरीको शम्भुनाथको मेयरमा कांग्रेसका योगेन्द्रप्रसाद चौधरी २७७८ मत ल्याए रविजयी भएका छन् । उपमेयरमा प किांग्रेसकै कविताकुमारी सरदार २६०५ मतका साथ विजयी भएकी छन् ।

मेयरका प्रतिद्वन्दी नेकपा एमालेका जितेन्द्रप्रसाद गुप्ताले २७३४ मत ल्याए भने उपमेयरकी निकटतम प्रतिद्वन्दी एमालेकै शोभाकुमारी चौधरीले २४४५ मत ल्याइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment