Comments Add Comment

रणवीर-दीपिकाको ‘पद्यमावती’ चल्न नदिने चेतावनी


सञ्जयलिला भन्साली निर्देशित चलचित्र ‘पद्यमावती’को बिषयमा फेरि विवाद सुरु भएको छ । राजस्थानको राजपुर करणी सेना अहिले हिन्दी चलचित्र ‘पद्यमावती’को बिरुद्ध उभिएको छ ।

चलचित्रको बिरोध गर्दै राजपुत करणी सेनाले सामाजिक सञ्जालमा चलचित्रको बिरुद्ध आन्दोलन सुरु गरेको छ । साथै आन्दोलन उग्र बनाउने चेतावनी पनि दिएको छ । साथै उक्त सेनाले आफूलाई चलचित्र देखाएपछि मात्रै सार्वजनिक प्रदर्शन गर्न माग गरेको छ ।

राजपुत करणी सेनाले जयपुरको राजमन्दिर सिनेमा हलको बाहिर जम्मा भएर चलचित्र बिरुद्ध नारावाजी गरेका थिए । सेनाका जिल्ला अध्यक्ष नारायण सिंहले चलचित्र रिलिज अघि राजपुत समाजलाइ देखाउनुपर्ने माग गरेका छन् । यदि आफ्नो माग सन्दर्भमा निर्माताले अटेर गरेमा मुलुकभर आन्दोलन गर्ने चेतावनी उनले दिएका छन् ।

चलचित्रको पोष्टर रिलिज भए लगत्तै करणी सेनाले नायक रणबीर सिंहलाई धम्की दिएको थियो । यस चलचित्रमा रणबीर अलाउद्दनि खिलजीको भुमिकामा छन् भने नायिका दीपिका पादुकोण महारानी ‘पद्यमावती’को भुमिकामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment